अंग्रेजसँग विजय भएको खुसीयालीमा जितगढी उत्सव मनाइँदै « Khabarhub

अंग्रेजसँग विजय भएको खुसीयालीमा जितगढी उत्सव मनाइँदै


७ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो ।

सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा आज जितगढी उत्सव मूल समारोह गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदलयात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवलका मेयर खेलराज पाण्डेयले बताए।

उनले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउँसो १२:३० बजे जितगढी किल्लामा मूल समारोहको कार्यक्रम रहेको बताए । जितगढी उत्सवका लागि सबै तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सुनाए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : ३० बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको