सुनको भाउ घट्यो, चाँदीको स्थिर | Khabarhub Khabarhub

सुनको भाउ घट्यो, चाँदीको स्थिर


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कायम भएको छ।

बुधबार छापावाल सुन मूल्य प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदी तोलाको १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ११ : ३३ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता