जापानको ओखोत्स्कको समुद्रमा रुसी बमवर्षक विमानहरूको गस्ती जारी « Khabarhub

जापानको ओखोत्स्कको समुद्रमा रुसी बमवर्षक विमानहरूको गस्ती जारी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकु प्रशिक्षणका निम्ति उडान गरेका छन् ।

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको  छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा  विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तर्राष्ट्रिय नियमहरूको कडाइका साथ पालन गरेको बताइएको छ । 

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ ।  यो कार्यक्रम समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने उद्देश्यले अप्रिल १४ मा शुरु गरिएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ५५ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय