सेयर बजारमा १५.७३ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा १५.७३ अंकको गिरावट 


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै  भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यसैगरी कुमारी बैंक लि. को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ३ : २७ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,