एउटै वडामा दस करोडको आलु उत्पादन « Khabarhub

एउटै वडामा दस करोडको आलु उत्पादन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

गण्डकी- हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ मा २८ लाख रुपैयाँ बराबरको आलु बिक्री गरेका छन् ।

पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलु खेती हुन्छ । वार्षिक उत्पादन ४५ सय मेट्रिक टनभन्दा माथि छ ।

यहाँका किसानले वर्षमा झन्डै १० करोड रुपैयाँको आलु बिक्री गर्ने महाशाखा प्रमुख मनोहर कडरियाले बताए। ‘आलु खेतीका लागि हेम्जा उर्वर ठाउँ हो’, उनले भने, ‘यहाँको आलु देशमै ब्रान्ड बनिसकेको छ ।’

उनले घरघडेरीले हेम्जाको उब्जाउ जग्गा नासिँदै गएकोमा भने चिन्ता व्यक्त गरे । महानगरको आँकडा अनुसार केही वर्ष अघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलु खेती हुन्थ्यो । अहिले त्यो खुम्चेर तीन सय हेक्टरमा सीमित भएको छ ।

राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण कृषियोग्य जग्गा घट्दै गएको छ । ‘हेम्जाको आलु बजारमा आउँदा पोखरामा अन्यत्रबाट हुने आयात झन्डै ५० प्रतिशत जति घट्छ’, महाशाखा प्रमुख कडरियाले भने, हेम्मालगायतका ठाउँमा आलु खेती बढाउन सके पोखरालाई आवश्यक आलु यहीँ फलाउन सकिन्छ ।’

हेम्जामा ‘एमएस-४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलुबाली लगाउने गरिएको किसान चित्रनाथ पौडेलले बताए । कात्तिक-मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याइन्छ । हेम्जामा हिउँदे आलुको मात्रै खेती हुने गरेको छ । त्यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजार पुग्छ ।

पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनआदिले आलु खेतीमा चुनौती थप्ने गरेको किसानको भनाइ छ ।

व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रूपमा चिनाउने उद्देश्यले महोत्सव गर्ने गरिएको स्थानीय विष्णु पादुका क्लबका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

क्लबको आयोजनामा गत चैत २६ देखि वैशाख ३ गतेसम्म चलेको आलु महोत्सवमा आलुलगायत ताजा तरकारीको वृहत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकी प्रस्तुत गरिएको थियो ।

किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउ बीजन, कृषि यन्त्र, उपकरण आदिको प्रदर्शनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, किसान सम्मानलगायतका कार्यक्रम पनि राखिएको थियो । कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवले यस वर्षदेखि पुनः निरन्तरता पाएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : १८ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा