भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना « Khabarhub

भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरूले बताएका छन् ।

गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए । उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए । एक अधिकारीले भने, ‘बिरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ ।’

शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ ।

स्थानीय प्रशासनले गाउँका जनताको स्वास्थ्यको निगरानीको आवश्यकता पूरा गर्न स्थानीय स्वास्थ्य संस्थामा थप चिकित्सक र नर्स पठाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ५ : ५६ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,