एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : योगेश भट्टराई « Khabarhub

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : योगेश भट्टराई


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताए ।

सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको बताए । “संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठन गरौँ भन्ने एमालेको प्रस्ताव हो”, उनले भने ।

सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताए । “उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।”

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : ३० बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात