विराटनगरमा माछामासु बिक्री वितरण व्यवस्थित गरिने « Khabarhub

विराटनगरमा माछामासु बिक्री वितरण व्यवस्थित गरिने


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा माछामासु विक्री वितरण व्यवस्थित गर्ने भएको छ । विराटनगरका विभित्र स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएकाले यसलाई व्यवस्थित गर्न लागिएको हो ।

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीको बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । राजधानीका साथै कोशी प्रदेशको एक मात्र महानगरपालिका भएकाले विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको नगरप्रमुख नागेश कोइरालाले बताए ।

“विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो”, उनले भने , “महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित बनाउने अभियानमा विराटनगरवासीबाट साथ र सहयोगको अपेक्षा गरेको छु ।” महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङलगायत अभियान जारी राखेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले यही वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलमा बाहेक पशुपक्षी बध गर्न निषेध गरिएको बताए । विराटनगरमा अहिलेसम्म पनि नगरपालिकाले पशु बधशााला निर्माण गर्न सकेको छैन, वडा नं ८ बनाउन लागिएको बधशाला उपयुक्त नभएको यसमा नगरपालिकाले गरेको खर्च निरर्थक भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्