मेयर बालेनको आह्वान -‘आइडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’ « Khabarhub

मेयर बालेनको आह्वान -‘आइडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आइडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन्।

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आव्हान गरेका हुन।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन्।

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भने आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन्।

‘कसरी त्यसको बिजनेस प्लान बनाउने र कार्यान्वयन गर्ने , कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनको अपिलमा भनिएको छ, ‘ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटेगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ।’ यही जेठ १९ गतेभित्र निवेदन दिइसक्ने पर्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १० : ०६ बजे

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना