मेयर बालेनको आह्वान -‘आइडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’ « Khabarhub

मेयर बालेनको आह्वान -‘आइडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आइडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन्।

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आव्हान गरेका हुन।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन्।

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भने आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन्।

‘कसरी त्यसको बिजनेस प्लान बनाउने र कार्यान्वयन गर्ने , कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनको अपिलमा भनिएको छ, ‘ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटेगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ।’ यही जेठ १९ गतेभित्र निवेदन दिइसक्ने पर्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १० : ०६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को