पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न रौतहटमा ‘खोजौँ र खौपौँ’ अभियान  « Khabarhub

पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न रौतहटमा ‘खोजौँ र खौपौँ’ अभियान 


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्लामा खोज र खोप  अभियानले तिव्रता पाएको छ । आषाढ मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उद्देश्यका साथ खोजौँ र खौपौँ अभियान चलिरहेको हो ।

नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम  सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक सञ्चालन भई रहेका छन् । खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिँदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले बताए । 

जसका लागि स्थानीय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत सञ्चालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अर्को अभियान भएको हो । पूर्ण खोप सुनिश्चितता बौधीमाई, देवाही गोनाही, परोहा, माधवनारायण, गरुडा चन्द्रपुर, फतुबा विजयपुर र गौर  नगरपालिका रहेका छन । 

खोज र खोप अभियानमा जिल्लाका सबै बालकालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पूर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र  सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पूर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।

जसअनुसार ६ हप्तामा रोटा , पोलियो, पिसिभि, डिपिटि, हेपबि, हिबको खोप दिइने छ भने  १० हप्ता मा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेप वि , हिप खोप लगाई सक्नुपर्छ । बालबालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि, हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा-रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोगविरुद्धको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

२०३४ सालमा दादुरा उन्मूलन भएपछि सिन्धुपाल्चोक र धनुषाबाट  खोप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोगविरुद्ध १३ खोप चलिरहेको छ । 

 

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : ०८ बजे

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता

ठाकुरद्वारा– कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी