पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न रौतहटमा 'खोजौँ र खौपौँ' अभियान  | Khabarhub Khabarhub

पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न रौतहटमा ‘खोजौँ र खौपौँ’ अभियान 


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्लामा खोज र खोप  अभियानले तिव्रता पाएको छ । आषाढ मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उद्देश्यका साथ खोजौँ र खौपौँ अभियान चलिरहेको हो ।

नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम  सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक सञ्चालन भई रहेका छन् । खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिँदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले बताए । 

जसका लागि स्थानीय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत सञ्चालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अर्को अभियान भएको हो । पूर्ण खोप सुनिश्चितता बौधीमाई, देवाही गोनाही, परोहा, माधवनारायण, गरुडा चन्द्रपुर, फतुबा विजयपुर र गौर  नगरपालिका रहेका छन । 

खोज र खोप अभियानमा जिल्लाका सबै बालकालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पूर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र  सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पूर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।

जसअनुसार ६ हप्तामा रोटा , पोलियो, पिसिभि, डिपिटि, हेपबि, हिबको खोप दिइने छ भने  १० हप्ता मा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेप वि , हिप खोप लगाई सक्नुपर्छ । बालबालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि, हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा-रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोगविरुद्धको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

२०३४ सालमा दादुरा उन्मूलन भएपछि सिन्धुपाल्चोक र धनुषाबाट  खोप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोगविरुद्ध १३ खोप चलिरहेको छ । 

 

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : ०८ बजे

परराष्ट्रमन्त्री राणा भन्छिन्‌ : महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि !

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै

अन्नपूर्ण गाउँपालिकाका योजनाको निर्माणअवधि लम्बियो

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरा छन्

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ