गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो | Khabarhub Khabarhub

गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् । 

गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको छ । एक हप्ताअघि  प्रभावित क्षेत्र पोखरा-३२ को लेखनाथ र ३३ को बागमाराका १६  गाई फार्मका दुई सय ५२ गाईमा लम्पी स्किन रोगको सङ्क्रमण  देखिनुका साथै सङ्क्रमणका कारण चार गाईको मृत्यु भइसकेको रेग्मीले बताए । 

गाउँपालिकाको तुलनामा  पोखरा महानगरपालिकामा यो रोगको प्रकोप बढी मात्रामा देखिएको छ । यो रोगको सङ्क्रमण केही मात्रामा कास्कीको रुपा, मादी र माछापुच्छ्रे गाउँपालिकामा पनि देखिएको छ । कास्कीका विभिन्न भेगमा दुई हजारभन्दा बढी चौपायामा यो रोगको प्रकोप देखिएको छ । 

लम्पी स्किन रोगेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुच्ने र दूध कम दिने लक्षण देखिन्छ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्छ”, चिकित्सक रेग्मीले भने, ‘नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ सङ्क्रमण बढेपछि पशुचौपाया मर्छन् ।’ 

‘क्याप्री पक्स’ नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ । रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काँढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ । लम्पी स्किन रोगको सङ्क्रमण भैँसीको तुलनामा गाईमा बढी देखिने रेग्मीको भनाइ छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत एवम् सूचना अधिकारी सहदेव पौडेलका अनुसार लम्पी स्किन रोगका कारण दुहुना पशुको दूध उत्पादनमा ह्रास आउँछ । यस रोगको सङ्क्रमण भएमा दूध उत्पादन ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुमा यो रोगको सङ्क्रमण देखिए पनि मानिसले दूध सेवन गर्दा कुनै असर नगर्ने उनले बताए । 

पशु चिकित्सक अनन्त कोइरालाले लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले सङ्क्रमित पशुको दूध सेवन गर्न सकिने बताए । यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ ।

अन्य वस्तुमा सङ्क्रमण हुन नदिनकै लागि यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ ।  रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न किसानले माग गरेका छन् ।  

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ४ : २३ बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई