प्रतिरक्षा सहयोग बढाउन भारत र अमेरिका सहमत | Khabarhub Khabarhub

प्रतिरक्षा सहयोग बढाउन भारत र अमेरिका सहमत


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउन सहमत भएका छन् । केही दिनअघि वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो ।

भारतका रक्षा सचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा भारत–अमेरिका रक्षा साझेदारीको प्रगति समीक्षाका साथै त्यसलाई अझ घनीभूत तुल्याउनेबारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । सचिवद्वयले भारत–अमेरिका रक्षा नीति समूहको १७ औँ बैठकको सहअध्यक्षता पनि गरेका थिए ।

रक्षा मन्त्रालयका अनुसार बैठकमा भारत–अमेरिका सैन्य सहायता, द्विपक्षीय प्रतिरक्षा सम्झौताको कार्यान्वयन, हिन्द महासागर क्षेत्रमा जारी सैन्य अभ्यास, साझेदारीका भावी परियोजनाका महत्वपूर्ण पक्षमा छलफल भएको थियो । प्रविधि साझेदारी, दीर्घकालीन अनुसन्धान र विकास, आपूर्ति शृङ्खला, सुरक्षा सुधारलगायत प्रतिरक्षा तथा औद्योगिक सहयोग अभिवृद्धिमा छलफल केन्द्रित थियो ।

प्रतिरक्षासँग सम्बन्धित भारतीय र अमेरिकी प्रतिष्ठानहरूले मिलेर काम गर्न सक्ने सम्भावित क्षेत्र र परियोजनासहित भारतमा सह–विकास एवम् सह–उत्पादनलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजी र सरकारी क्षेत्रबीचको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै नवप्रवर्तनका परियोजनामा मिलेर काम गर्न दुवै पक्षले सहमति जनाएका छन् ।

अमेरिकी र भारतीय रक्षा मन्त्रालयबीचको सरकारी संयन्त्र रक्षा नीति समूहले प्रतिरक्षा नीतिमा विशेष ध्यान दिँदै द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सबै पक्षको व्यापक समीक्षा गर्दै आएको छ । समूहका सुझाव र मार्गदर्शनलाई दुवै पक्षले पालना गर्दै आएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अमेरिका भ्रमणललाई लिएर नयाँदिल्ली र वासिङ्टनबीच झाङ्गिदै गएको सुम्बन्धको चर्चा गरेका छन् । आगामी असार ७ गते देखि प्रधानमन्त्री मोदी अमेरिकाको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । भारतसँगको अमेरिकाको साझेदारी र सम्बन्ध प्रभावकारी रहेको बताउँदै प्रवक्ता पटेलले मोदीको भ्रमणबाट अमेरिका– भारत सुरक्षा सम्बन्ध अझ सुदृढ हुने बताए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ६ : १४ बजे

चार किलो चरेससहित एक जना पक्राउ

धनगढी– कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन्।

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी