दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा « Khabarhub

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले प्लेअफमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराउँदै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो ।

जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

दिल्लीका कप्तान डेविड वार्नरले ५८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रन बनाए। दिल्लीका यश धुल १३, अक्षर पटेल १५, पृथ्वी शा ५, फिलिप साल्ट ३, राइली रोसोउ डक र अमन खान हाकिमले ७ रन बनाए ।

चेन्नईका लागि तीव्र गतिका बलर दीपक चाहरले ३ विकेट, महेश पाथिरानाले २ विकेट लिए । तुषारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।चेन्नईको सुरुवात निकै राम्रो रह्यो । ओपनरद्वय ऋतुराज गायकवाड र डेवोन कन्वेले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । कन्वेले ५२ बलमा ११ चौका र ३ छक्कासहित ८७ रन र गायकवाड ५० बलमा ३ चौका र ७ छक्कासहित ७९ रन बनाए ।

शिवम दुबे ९ बलमा ३ छक्कासहित २२ रनमा आउट भए । रविन्द्र जडेजा ७ बलमा ३ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे ।धोनी ४ बलमा ५ रनमा नटआउट रहे ।

दिल्लीका लागि खलिल अहमद, एनरिच नोर्किया र चेतन सकारियाले समान एक विकेट लिए ।

यो जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ३६ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको