नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराँती « Khabarhub

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराँती


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्। उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए । आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ । निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उनको भनाइ छ ।

मन्त्री किरातीले भने, “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ । विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ । ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन ।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उनले बताए ।

उनले भने, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ । सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताए । उनले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पक्षी सात स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको बताए । उनले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाए।

त्यसैगरी डिजफर नेपलालका अशोक काफ्लेले बाझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे । देशका अग्र्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ३६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी