सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपिल « Khabarhub

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपिल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए)ले थप रकमको लागि अपिल गरेको छ ।

युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

“हालको आवश्यकता र आगामी हप्ताहरूमा अपेक्षित आगमनको निरन्तर प्रवाह पूरा गर्न थप वित्तीय स्रोतहरू आवश्यक छन्,” विज्ञप्तिमा भनिएको छ ।

युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो । तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपिल गर्दै बुधबार एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले सुडानको बिग्रँदो अवस्थाले छिमेकी देशहरूमा पनि नाटकीय प्रभाव पारिरहेको बताएको छ । सुडानको राजधानी खार्तूम र अन्य क्षेत्रमा गत अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेजबीच हिंसात्मक सशस्त्र झडप भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ४४ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।