सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपिल « Khabarhub

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपिल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए)ले थप रकमको लागि अपिल गरेको छ ।

युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

“हालको आवश्यकता र आगामी हप्ताहरूमा अपेक्षित आगमनको निरन्तर प्रवाह पूरा गर्न थप वित्तीय स्रोतहरू आवश्यक छन्,” विज्ञप्तिमा भनिएको छ ।

युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो । तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपिल गर्दै बुधबार एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले सुडानको बिग्रँदो अवस्थाले छिमेकी देशहरूमा पनि नाटकीय प्रभाव पारिरहेको बताएको छ । सुडानको राजधानी खार्तूम र अन्य क्षेत्रमा गत अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेजबीच हिंसात्मक सशस्त्र झडप भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ४४ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी