अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता « Khabarhub

अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् ।

ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरूबीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।

ब्लिंकेनले भने, ‘उच्च स्तरको संवाद जिम्मेवारीपूर्वक भिन्नताहरू व्यवस्थापन गर्न र प्रतिस्पर्धालाई द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्ने उत्तम तरिका हो ।’ उनले दुवै पक्ष सम्बन्धलाई स्थिर बनाउनका लागि सहमत भएको बताए ।

बेइजिङ र वाशिंगटन बीचको सम्बन्ध ट्रम्प युगको व्यापार युद्ध, ताइवानमाथि बेइजिङको दृढ दाबी र यस वर्षको सुरुमा अमेरिकामा कथित चिनियाँ जासुस बेलुनलाई गोली हानेपछि खस्किएको थियो ।

ब्लिन्केनको भ्रमण, लगभग पाँच वर्षमा शीर्ष अमेरिकी कूटनीतिज्ञद्वारा चीनमा गरिएको यो पहिलो भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सीले पनि दुई देश बिचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउनु पर्नेमा जोड दिएका छन्  ।

‘‘दुवै पक्षले प्रगति पनि गरेका छन् र केही विशेष मुद्दाहरूमा सहमतिमा पुगेका छन्,’ अमेरिकी राज्य विभागले जारी गरेको आफ्नो टिप्पणीमा भनिएको छ– यो धेरै राम्रो छ ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ०३ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर