समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’  | Khabarhub Khabarhub

समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’ 


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत उनले जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।

उनले भने, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन, यो त उदात्त वैचारिक निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो समाजवादी मोर्चा गठन भएपछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् समेत भनेका छन् ।

उनले केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का राख्न सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २५ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक