खानेपानी र बिजुलीको समस्यामा दक्षिण अफ्रिका | Khabarhub Khabarhub

खानेपानी र बिजुलीको समस्यामा दक्षिण अफ्रिका


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकको एउटा गाउँ। कुनै समय शान्त रहेको त्यो गाउँ अहिले शान्त छैन। त्यहाँ जमिनमा ड्रिल गरिएको आवाज सुन्न सकिन्छ। तर, उनीहरू कतै नयाँ खनिजको पत्तो लगाउन कम्मर कसेर लागेका छैनन्। धारामा पानी आउन छाडेपछि यसरी जमिनबाट पानी निकाल्ने छिमेकीका अघि समृद्ध ठहरिन थालेका छन्। ‘कहिले पानी आउने र कहिले नआउने समस्याका कारण हामी आजित भइसकेका छौं। जमिन प्वाल पार्न लागि पर्नु भनेको हाम्रो सरकारप्रति विश्वास टुटी सकेको छ’, एक स्थानीयले भने।

जोहन्सबर्ग र प्रिटोरियामा यसरी जमिनमुनिबाट पानी निकाल्दा धेरै विद्युत् समेत खपत हुने गरेको छ। पानीको अभावको असर अहिले सर्वत्र देखिएको छ। दक्षिण अफ्रिकामा लोडसेटिङको समस्या पनि छ। यसले लामो समय मानिसलाई पानीको सुविधाबाट वञ्चित गराउँछ।

‘हाम्रा हरेक स्टेसनमा पानी पनि चाहिएको छ। पानी चाहिएको समयमा पम्प गर्नुको विकल्प नै छैन,’ देशको एक प्रमुख पानी उपलब्ध गराउने रान्ड वाटरका प्रान्तीय प्रमुख सिफो मोसायीले भनिन्। ‘विद्युत् त हाम्रा लागि हाम्रो जीवन यापनको मुटु जस्तै हो’, जब यो भएन यसले तर्साउने नै छ। पानी पनि नभएपछि यसले नसताउने त कुरै भएन’, पीडित उपभोक्ताको गुनासो छ।

जोहन्सबर्ग र प्रिटोरियामा यसरी जमिनमुनिबाट पानी निकाल्दा धेरै विद्युत् समेत खपत हुने गरेको छ। पानीको अभावको असर अहिले सर्वत्र देखिएको छ।

‘कहिले पानी र बिजुली दुवै हुँदैन। यसले जिन्दगीलाई नै असफल बनाइ दिएको हुन्छ,’ ३५ वर्षीय डिज लालङ्लाले भने। उनी इन्टर्नसिप गरिरहेकी चिकित्सक बहिनीसँग जोहन्सबर्गबीच सहरको नजिक रहेको एउटा गाउँमा दुई वटा कोठा भाडामा लिएर बस्ने गरेकी छिन्।

उनको गुनासो अरू पनि छन्। उनी भन्छिन्, ‘कहिले काहीँ पानी थाप्न नै पाइँदैन। तर पनि त्यो महिना पनि त्यत्तिकै बिल आउँछ। यसले कम्ती निराश बनाउँदैन। सोही समयको अन्तरालमा एक किसिमको बिल तिर्नु पर्ने। र अन्य स्थानबाट पानीको जोहो गर्नुपर्ने कारणले सरकारसँग साँच्चै रिस उठ्छ,’ उनले भनिन्।

दक्षिण अफ्रिकामा लाखौँ जना धेरै वर्ष अघिदेखि पर्याप्त पानीको अभावमा छटपटाइ रहेका छन्। मूल पाइप लाइनको श्रोतबाट उनीहरू टाढै छन्। यसका बाबजुद ग्रामीण तह मै पानीको जोहो गरेर धेरैले जीवन चलाउने गरेका छन्।

प्राध्यापक एन्थोनी टर्टन त असफल राज्यको कोटीमा दक्षिण अफ्रिका पुगिसकेको बताउँछन्। कमजोर भौतिक संरचनाको कारण बिजुलीको समस्या भएको त्यहाँका विज्ञ बताउँछन्। यसैले उनीहरूलाई अन्य धेरै समस्यामा लगेको छ। यसै समस्या मध्यको एउटा समस्या पिउने पानीको समस्या प्रमुख हो। त्यसो त अन्य समस्या नभएका भने पक्कै होइनन्। त्यहाँका सबै कुरा व्यवस्थित नभएको कारण दैनिक ७० लाख लिटर पिउने पानी नै खेर गइरहेको विज्ञको मत छ।

दक्षिण अफ्रिकामा लाखौँ जना धेरै वर्ष अघिदेखि पर्याप्त पानीको अभावमा छटपटाइ रहेका छन्। मूल पाइप लाइनको श्रोतबाट उनीहरू टाढै छन्। यसका बाबजुद ग्रामीण तह मै पानीको जोहो गरेर धेरैले जीवन चलाउने गरेका छन्।

यो समस्याको जिम्मेवार धेरै हदसम्म नगरपालिका समेत रहेको जनाइन्छ। भौतिक संरचनामा मर्मत सम्भार गर्नुपर्ने भए पनि नगरेको कारण सो समस्या आएको जनाइन्छ। यसको अर्थ यो पनि हो कि त्यहाँ ढल निकासको व्यवस्था पनि राम्रोसँग भएको छैन। यसले गर्दा फोहोर पानीको पनि समस्या छ। यसै कारण यसले सामुदायिक स्वास्थ्यमा समस्या ल्याउन थालेको छ।

केही दिन प्रीटोरियाको एउटा गाउँ हामा सोकोरालमा झाडापखालाका कारण २९ जनाको ज्यानसमेत गएको छ। त्यहाँ पानी शुद्धीकरणमा भएको समस्या र गडबडीको कारण यस्तो दुर्घटना भएको आङ्कलन छ।

लाउरेन्स मलावको काम बीच सडकमा बसेर पानी बेच्ने भएको छ। यो विषम परिस्थितिमा उनका लागि यो नयाँ व्यवसाय भएको छ। ‘धेरै जना अहिले मसँग पानी खरिद गर्न थाल्नु भएको छ। किनकी धाराबाट आउने पानी शुद्ध नै हुँदैन,’ उनले भने। उनी घरमा नै पानी जम्मा गर्छन्। त्यसपछि यसलाई उमाल्ने काम गर्छन्। उनले यस समस्याका कारण समुदायमा रहेका युवाको स्वास्थ्यमै गडबडी भएर ठूलो समस्या आउने होइन भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्।

त्यस गाउँमा धेरै जना बिरामी भएपछि पानीको परीक्षण समेत गरिएको थियो। धाराबाट आउने पानी प्रयोगका लागि योग्य मानिएन। ४१ नयाँ खालको जीवाणु पानीमा फेला परेको थियो।
केप टाउनको पूर्वी भाग मखान्डामा पनि त्यसै किसिमको समस्या छ। त्यहाँका थुप्रै ग्रामीण बस्ती शुद्ध पिउने पानीको अभावमा छटपटाइ रहेको समाचार बाहिर आउन थालेका छन्। धेरै राज्यको पानी शुद्धीकरण गर्ने मेसिन बिग्रिएका कारण जनस्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने जनाइएको छ।

प्राध्यापक टर्टनका अनुसार बिजुली र खानेपानीको समस्याका कारण दक्षिण अफ्रिकामा आँधी तुफानको झैँ नै अवस्था पनि आउन सक्छ। गाउँ गाउँमा यसको विकल्प खोजिन पनि थालिएको छ। ऊर्जाको श्रोतमा नै समस्या भएपछि कतिपय स्थानमा बिजुलीको साटो सोलार पावरलाई प्राथमिकता दिइएको छ।

गाउँमा धेरै जना बिरामी भएपछि पानीको परीक्षणसमेत गरिएको थियो। धाराबाट आउने पानी प्रयोगका लागि योग्य मानिएन। ४१ नयाँ खालको जीवाणु पानीमा फेला परेका थिए ।

टर्टनको चिन्ता भने दक्षिण अफ्रिकाको आगामी पुस्ता नै रोगी हुने त होइन भन्ने हो। अहिले बोरिङको प्रचलन चलेको छ। तर, यो धनीका लागि मात्र सम्भव हुन्छ। यसको सात हजार अमेरिकी डलर बराबर खर्च हुने गरेको छ।

त्यहाँ यो आवाज उठाइ रहेका डा. फाइल आडम दक्षिण अफ्रिकाको राज्य नै असफल भएको प्रतिक्रिया दिन्छन्। डिप बोरिङका पनि अन्य केही समस्या छन्। कतिपय स्थानमा यसरी बोरिङ गरिएका स्थानमा मिनिरल र विषालु ब्याक्टेरियाको प्रकोप पनि देखिएको छ।
दक्षिण अफ्रिकामा अहिले एउटै उपायलाई मान्न थालिएको छ। सरकारले सही र कठोर कदम चाल्दै पुनःनिर्माण मात्र होइन, यो समस्याका सर्जकलाई कडा कारबाहीको मागसमेत उठ्न थालेको छ।

इन्जिनियर, ठेकेदार र स्थानीय निकायका अधिकारीमाथि कारबाही अनिवार्य मान्न थालिएको छ। यस क्षेत्रमा सक्रिय एक संस्थाका प्रमुख डा. एडम सरकार स्थानीय निकायमाथि कसिलो नभए समस्या अझै थपिन सक्ने बताउँछिन्। स्रोतः बीबीसी

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ०५ बजे

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)ले आत्मनिर्भर

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :