अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता « Khabarhub

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

बाँके– बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन् ।

तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ । ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमानलाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफूलाई भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’

सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आएकी छन् । ‘श्रीमानले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु ।’ विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।’

अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन् । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ।’

सुनिताकी आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन् । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन ।’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ ।’

सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन् ।

बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ ।

वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने बताए ।

श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ५४ बजे

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी