टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता « Khabarhub

टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाइटानिक जहाजको भग्नावशेष देखाउन पर्यटक बोकेको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएको छ। पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका थिए । आइतबारदेखि पनडुब्बी बेपत्ता भएपछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन लैजान प्रयोग गरिँदै आएको पनडुब्बी बेपत्ता भएपछि खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए

पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेटको गणना हुने अधिकारीहरू बताउँछन्। सोमबार साँझ अधिकारीहरूले भनेका छन्, ‘हाम्रो अनुमान छ कि उहाँहरूसँग यस समयमा ७० देखि ९६ घण्टा अक्सिजन उपलब्ध छ।’

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३ हजार ८०० मिटर तल छ। सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो ।

सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : १६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा