ताप्लेजुङको मेहेले पहिरोमा बेपत्ता अझै भेटिएनन् | Khabarhub Khabarhub

ताप्लेजुङको मेहेले पहिरोमा बेपत्ता अझै भेटिएनन्


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् ।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरका तीन गरी चार जनालाई बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको बताए ।

जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो ।

सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो ।

घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : ३३ बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको