ब्रेकिङ स्टोरी

ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन

By खबरहब

June 20, 2023

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले यसअघि जेठ २९ गतेको निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको हो ।

ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा विवाद बढ्दै गएपछि छलफल गर्न अर्थ समितिले आज धितोपत्र बोर्डका पदाधिकारीहरूलाई बैठकमा बोलाएको थियो ।

उनीहरुसँगको छलफलपछि समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) अनुमति प्रक्रिया संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि रोकिएको थियो ।

४२ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको बोर्डले १८ वटा कम्पनीलाई अन्तिम लाइसेन्ससमेत दिइसकेको छ ।