ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन « Khabarhub

ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न अर्थ समितिको निर्देशन


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले यसअघि जेठ २९ गतेको निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको हो ।

ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा विवाद बढ्दै गएपछि छलफल गर्न अर्थ समितिले आज धितोपत्र बोर्डका पदाधिकारीहरूलाई बैठकमा बोलाएको थियो ।

उनीहरुसँगको छलफलपछि समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) अनुमति प्रक्रिया संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि रोकिएको थियो ।

४२ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको बोर्डले १८ वटा कम्पनीलाई अन्तिम लाइसेन्ससमेत दिइसकेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ११ : ५६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी