पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त « Khabarhub

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् ।

कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा गरिएको छ ।

ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषद्मा नियुक्त गर्ने व्यवस्था छ ।

परिषदमा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १२ : ३५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी