कैलालीमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ « Khabarhub

कैलालीमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ ।

गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका छन् ।

उनीहरूलाई सरकारी गाडी तोडफोड गरेको आरोपमा मालाखेतीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : १५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ