आईसीसी विश्वकप छनोट : अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै | Khabarhub Khabarhub

आईसीसी विश्वकप छनोट : अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा जारी भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहाँगीरले शतकीय पारी खेले ।

उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ३९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग