आईसीसी विश्वकप छनोट : अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै « Khabarhub

आईसीसी विश्वकप छनोट : अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा जारी भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहाँगीरले शतकीय पारी खेले ।

उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ३९ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा