पुरुष भलिबलमा नेपाल इरानसँग पराजित | Khabarhub Khabarhub

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफनो चौँथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : २३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई