देश बनाउन एकता चाहिन्छ : मन्त्री मोदी « Khabarhub

देश बनाउन एकता चाहिन्छ : मन्त्री मोदी


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो आवश्यक हुने बताएका छन् । मन्त्रालयमा आज आयोजित कर्मचारीको नवीन सोच प्रस्तुतीका लागि प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कोही एक्लैले यो देश बनाउन सक्दैन, देश बनाउन सबैको हातेमालो चाहिन्छ ।”

मन्त्री मोदीले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ ढङ्गबाट कर्मचारी प्रशासनलाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण भइरहेको बताए। बदलिँदो परिवेशअनुसार सेवा प्रवाहलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, “नवीनतम सोच र प्रयोगबाट सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्ने आजको आवश्यकतालाई निजामती प्रशासनले अङ्गीकार गर्न जरुरी छ ।”

सुशासनका पक्षमा दूरगामी निर्णय भएको औँल्याउँदै मन्त्री मोदीले सङ्घीय निजामती ऐनका सबै काम सकेर सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको, निमित्त हटाउने अभियान तीव्रताका साथ अगाडि बढाएको, नियमित बढुवा र लोकसेवाबाट आएका शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा खटाएको, सबै मन्त्रालयका अतिरिक्त कर्मचारीको विवरण मागेको र खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाई खटाएको ठाउँमा हाजिर गराएकोसमेत उनले उल्लेख गरे ।

समयमा सेवा प्रवाह नपाउँदा नागरिकमा गुनासो बढिरहेकाले नागरिकलाई सहज र सरल ढङ्गबाट सेवा प्रवाह दिने सन्दर्भमा ध्यान दिन आवश्यक रहेकोसमेत मन्त्री मोदीको भनाइ थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ३४ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार