बोयर जातको बीउ बोका हस्तान्तरण | Khabarhub Khabarhub

बोयर जातको बीउ बोका हस्तान्तरण


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बीउ बोका वितरण गरेको छ ।

महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रापालन समूहलाई बोयर जातको बीउ बोका हस्तान्तरण गरेको हो ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले बीउ बोका हस्तान्तरण गर्दै स्वरोजगार तथा व्यावसायिक बाख्रापालनमा यो कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

महानगरले आठ दिने उद्यमशीलता र सात दिने सीपमूलक तथा बाख्रापालनसम्बन्धी तालिम दिएको थियो । तालिमपछि यसअघि सिलाइ मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो ।

समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताए । उन्नाइस जनाले नै पाँचदेखि ३० वटासम्म बाख्रा पालेका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : ०९ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी