युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा | Khabarhub Khabarhub

युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो ।

नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए।

प्याकेजमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्। अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको वायु रक्षा ब्याट्रीहरूसमेत समावेश छन्।

यसले युक्रेनलाई मिसाइल र ड्रोन आक्रमणको सामना गर्न मद्दत गर्नेछ। यो प्रतिरक्षा प्रणाली अमेरिकी राजधानी वासिङ्टन डीसी र यसको वरपरको क्षेत्रको सुरक्षा गर्न प्रयोग गरिदै आएको थियो ।

अमेरिकी रक्षा विभागले एक विज्ञप्तिमा भनेको छ कि युएसआई प्याकेजले युक्रेनको युद्ध आवश्यकताहरू पूरा गर्ने अमेरिकी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

यसले युक्रेनको सशस्त्र बलको दिगो क्षमतालाई आफ्नो क्षेत्रको रक्षा गर्न र मध्य र दीर्घकालीन रूपमा रूसी आक्रमणलाई रोक्नका लागि पनि कार्य गर्ने गर्दछ।

यसअघि मंगलबार युक्रेनलाई सहायता उपलब्ध गराउने देशहरूसँगको बैठकपछि लोयड अस्टिनले रुसविरुद्धको युद्धमा युक्रेनलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ७ : ३३ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज