रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी | Khabarhub Khabarhub

रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी मिसाइल आक्रमणबाट कृष्ण सागर तटमा रहेको ६० हजार टन अन्न नष्ट भएको युक्रेनले दाबी गरेको छ ।

रुसले कृष्ण सागर पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको र केही घण्टामा नै युत्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो ।

यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।

युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षती पुगेको बताउनुभयो ।

टर्कीको मध्यस्थतामा गत वर्ष भएको उक्त सम्झौताबाट युक्रेनले फाइदा लिएको तर, आफुले पाउनुपर्ने शर्तहरु पुरा नभएको आरोप रुसको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले अन्न सम्झौतालाई ‘राजनीतिक ब्ल्याकमेल’ को रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ०३ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न