पाकिस्तानमा डेढ सय वर्ष पुरानो हिन्दु मन्दिर किन ध्वस्त पारियो ? | Khabarhub Khabarhub

पाकिस्तानमा डेढ सय वर्ष पुरानो हिन्दु मन्दिर किन ध्वस्त पारियो ?



इस्लाम राष्ट्र पाकिस्तानको सिन्ध प्रान्तको राजधानी र देशकै महत्त्वपूर्ण सहर कराँचीको सोल्गर बजारमा स्थित १५० वर्ष पुरानो ‘मरी माता’ को पवित्र मन्दिरलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बुल्डोजर लगाएर ध्वस्त पार्ने काम भएको छ। गत शुक्रबार साढे १२ बजे राति ध्वस्त पारिएको यो माता मन्दिर पाकिस्तानको निम्ति ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पनि थियो। इस्लामिक कट्टरताको बढ्दो प्रकोपका कारण नै पाकिस्तानमा धार्मिक चरम पन्थी र इस्लामी आतंककारीको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि हुन गएको हो।

पाकिस्तान अहिले पुरै विश्वबाट एक्लिएको अवस्था छ। देशको आर्थिक अवस्था कमजोर छ र अब इस्लाम राष्ट्र पनि उसलाई आर्थिक सहायता र ऋण दिन तयार छैन। विगत केही वर्षदेखि पाकिस्तान अन्तर्राष्ट्रिय मुद्राकोषद्धारा ‘ग्रे लिस्ट’ मा पारिने क्रमजारी छ। यस्तोमा अन्तर्राष्ट्रिय जगतको ध्यान आफूतिर आकर्षित गर्न पाकिस्तानले धार्मिक सहिष्णुता, उदारता र सर्वधर्म सदभावको चरित्र देखाउनु पर्दथ्यो। तर दशकौंदेखि इस्लाम धार्मिक शिक्षाले त्यहाँका अधिकांश नागरिकलाई अन्य धर्मावलम्बीप्रति असहिष्णु र हिंसक बनाएको देखिएको छ।

मुसलमानका पनि फरकफरक व्यवहार गरेको पाइन्छ। त्यहाँ पनि समानता छैन। सनातन धर्म संस्कृतिको उदारता, महत्त्व, व्यापकता र सहिष्णुतालाई पुरै विश्वले स्वागत एवं समर्थन गर्दै आएको छ। ‘मरी माता’ मन्दिरलाई बुलडोजर लगाएर ध्वस्त पार्ने काम पाकिस्तान सरकारको जानकारीमा रहेकै हुनुपर्छ। यस घटनाले पाकिस्तानलाई विश्व जगतबाट एक्ल्याउने काम गरेको छ। सिन्ध प्रान्तमै ३० जना हिन्दुको अपहरण भएको समाचार सार्वजनिक भएका छन्।

पाकिस्तानमा बल प्रयोग गरेर हिन्दु केटीलाई अपहरण गरेर तिनको धर्म परिवर्तन गराउने र मुसलमान केटासित बिहे गराई दिने, हिन्दु, सिख र ईसाईलाई स्वेच्छा र स्वतन्त्रता पूर्वक धार्मिक उपाशनाको अभ्यास गर्न नदिने खालका घटना पाकिस्तानमा प्रशासनमा जाँदा त्यहाँबाट पनि नैराश्यता नै हात लाग्ने गरेको छ। पाकिस्तानमा मन्दिर, गुरुद्वार र चर्चमाथि पटकपटक आक्रमण गरेर त्यसलाई ध्वस्त पार्ने काम हुँदै आएको छ। गणनाका लागि मात्रै अस्तित्त्वमा रहेका मन्दिरलाई पनि ध्वस्त पार्ने काम हुनु दुर्भाग्यपूर्ण हो। पाकिस्तानका हिन्दु समुदायलाई स्तब्ध पार्दै बुल्डोजरमार्फत ध्वस्त पारिएको मन्दिरलाई त्यहाँका हिन्दुहरूले आफ्नो पवित्रस्थल मान्दै आएका थिए र नियमित रुपमा त्यहाँ पूजा-पाठ पनि हुँदै आएको थियो।

पुरानो मरी माताका प्रमुख रामनाथ मिश्र महाराजका अनुसार हिन्दुलाई यसबारे कुनै पूर्व सूचना दिइएको थिएन। रातिको समयमा यसरी मन्दिर भत्काइनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। स्थानीय पञ्चमुखी हनुमान मन्दिर समेतको रेखदेख गरिरहेका मिश्रले मन्दिरको मुख्य ढोका तथा पर्खाल सुरक्षित रहनु तर मन्दिरका भित्री भागलाई नै ध्वस्त पारिनु सुनियोजित षड्यन्त्र भएको आरोप लगाएका छन्। मिश्रको आरोपलाई पाकिस्तानका प्रतिष्ठित पत्रिका ‘डन’ मा समेत छापिएको छ।

मिश्रका अनुसार चार सयदेखि पाँच सय यार्डमा फैलिएको मन्दिरको यस भूभागमाथि पाकिस्तानका राजनीतिज्ञ र भू-माफियाको पनि लोभ थियो। मन्दिर भित्र खजाना पनि रहेको र त्यसमा बहुमूल्य सुन, गहना एवं द्रव्यसमेत रहेको मन्दिरका संरक्षक मिश्रले बताएका छन्। रातिको बेलामा अपराधी र अपहरणकारी शैलीमा मन्दिरलाई ध्वस्त पार्नुको अर्थ मन्दिरको भू-भागमाथि कब्जा गर्ने बदनियत त हो नै मन्दिर भित्र रहेका बहुमूल्य गर-गहना र द्रव्यलाई लुटनु पनि रहेको मान्नु पर्दछ।

पाकिस्तानका मद्रासी हिन्दु समुदायद्वारा सञ्चालित यस मन्दिरको संरचना पुरानो रहेको तथा यसबाट खतरा पर्न सक्ने सम्भावनाका कारण मन्दिरको संरचनालाई भत्काइएको सम्बन्धी प्रशासनको सफाईबाट न त त्यहाँका हिन्दु समुदायलगायत अन्य धार्मिक अल्पसंख्यक प्रसन्न छैनन्। स्थानीय प्रहरीले पनि भू-माफियाकै दाबीलाई समर्थन संरचना रातको समयमा किन भत्काइयो ? भन्ने प्रश्नको जवाफ कसैसँग छैन।

स्थानीय हिन्दु नेता रमेशका अनुहार भू-माफिया तथा बिल्डर्स विगत लामो समयदेखि मन्दिरको भूभाग खाली गर्न धम्की दिँदै आएका थिए। नक्कली कागजात बनाएर त्यसको बिक्री गरेर मन्दिर भएकै ठाउँमा व्यापारिक भवन बनाउन चाहन्थे। हुनत धेरै जसो ठाउँमा मन्दिर बाहिर भाडामा पसल खोलिएका हुन्छन्। त्यसको आय मन्दिरकै कोषमा जाने गर्दछ। तर यहाँ त्यो नियत देखिएन। यहाँ मन्दिरनै चाहिएको देखिएन। मन्दिरको भूभाग मात्रै चाहिने भयो।

पाकिस्तानका हिन्दु समुदायको आफ्नो समस्यालाई ‘पाकिस्तान हिन्दु परिषद’ को ब्यानरमुनी सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहलाई तथा त्यहाँका प्रहरी महानिर्देशकलाई भेटेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। कराचीलाई हिन्दु मन्दिरको सहरको रुपमा पनि पहिलो मानिन्थ्यो। हिन्दुलाई त्यहाँ सबैभन्दा ठुलो अल्पसंख्यक मानिन्छ। पाकिस्तानको सिन्ध प्रान्तमा नै हिन्दुको बसोबास अलि बढी सङ्ख्यामा रहेको छ। यहाँ तिनीहरु आफ्नो संस्कृति, परम्परा र भाषाको अभ्यास गर्न सकिरहेका छैनन्। केही स्थानीय मुसलमान पनि यसलाई स्वभाविक रुपमा लिने गर्दछन्।

पाकिस्तानबाट प्रकाशित ‘डन’ समाचारपत्रका अनुसार पाकिस्तान पिपल्स पार्टी कराँचीका मेयर मुर्तजा बहावले आफ्नो पार्टीलाई धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास राख्ने पार्टी भएको दाबी गरेका छन्। यो बेग्लै कुरा मन्दिरलाई ध्वस्त पार्नेमाथि कारबाहीको माग भन्ने डनले गरेका छैनन्। बिल्डर माफियाको यस कृत्यको पाकिस्तानमा कसैले पनि निन्दा गरेको छैन। न त कसैले दोषीमाथि कारबाहीको माग नै गरेका छन्।

मन्दिर ध्वस्त भइसकेपछि अहिले स्थानीय प्रशासनले उक्त भूमिमाथि मन्दिर संरचनाको पुननिर्माणमा रोक लगाएको छ। यस घटना पश्चात पाकिस्तानका हिन्दुहरू त्रसित अवस्थामा छन् र सरकारबाट सहयोगको अपेक्षा राखेका छैनन्।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १ : ११ बजे

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि