पत्रकारलाई हङकङमा काम गर्नै कठिन | Khabarhub Khabarhub

पत्रकारलाई हङकङमा काम गर्नै कठिन


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङमा पत्रकारलाई काम गर्न कठिन हुँदै गएको पाइएको छ । हालै सार्वजनिक सर्वेक्षणका अनुसार पछिल्लो १८ महिनायता हङकङमा पत्रकारको अवस्था खराब बन्दै गएको छ ।

फरेन कोरेस्पोन्डेन्ट क्लब हङकङले सार्वजनिक गरेको सर्वेक्षणका अनुसार पत्रकारहरुले निरन्तरको निगरानी, दुव्र्यवहार र समाचारको स्रोतबाट सूचना नपाउने समस्याजस्ता कठिनाइको सामना गर्नुपरेको पाइएको हो ।

गत मे महिनामा गरिएको सर्वेक्षणमा ६६ मध्ये ५५ जना पत्रकारले अर्थात् ८३ प्रतिशतले पत्रकारको अवस्था खराब बन्दै गएको बताएका थिए ।

चीनले सन् २०२० मा राष्ट्रिय सुरक्षा कानून ल्याएयता हङकङमा प्रेस स्वतन्त्रता एवम् अन्य अधिकार खस्किँदै गएको बताइन्छ । यस कानूनले नागरिक अधिकारवादी, सामाजिक अभियन्ता, पत्रकार एवम् लोकतन्त्रवादीहरुलाई निशाना बनाउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : ४० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास