आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार | Khabarhub Khabarhub

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहाँस्थित सबै सञ्चारमाध्यमको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा पत्रकारको क्षमता अभिवृद्धि, प्रवर्द्धनका लागि मस्यौदा तयारीमा जुटेको हो ।

मिडिया क्षेत्रको नियमन, प्रवर्द्धन र सहजीकरणका लागि कस्तो संरचना स्वरुप निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने कुरालाई विशेष ध्यान राखेर मस्यौदा तयार गरिने कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । “हामी एक सातासम्म आमसञ्चार विधेयकको मस्यौदा तयार गर्छौँ”, उनले भने, “उक्त मस्यौदालाई सम्पन्न बनाउन पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा विज्ञता एवं जानकार राख्ने पत्रकारलाई बोलाएर छलफल गर्छौँ र आवश्यक राय सुझाव लिएर समेट्छौँ ।” विधेयक तयार गरी जतिसक्दो छिटो सदनमा लिने गतिका साथ सरकार अगाडि बढेको मन्त्री जिसीले बताए ।

आन्तरिक मामिला मन्त्रालयले यसअघि विधेयकका रूपमा सदनसम्म लिएको आमसञ्चार प्रतिष्ठान विधेयकलाई संशोधन गरी आमसञ्चार नीतिअन्तरगत नियमन, अध्ययन अनुसन्धान, प्रशिक्षण तथा प्रवर्द्धन हुने एकीकृत संरचना निर्माण गर्ने गरी विधेयक तयार गर्न थालिएको जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ३१ बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला