आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार « Khabarhub

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहाँस्थित सबै सञ्चारमाध्यमको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा पत्रकारको क्षमता अभिवृद्धि, प्रवर्द्धनका लागि मस्यौदा तयारीमा जुटेको हो ।

मिडिया क्षेत्रको नियमन, प्रवर्द्धन र सहजीकरणका लागि कस्तो संरचना स्वरुप निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने कुरालाई विशेष ध्यान राखेर मस्यौदा तयार गरिने कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । “हामी एक सातासम्म आमसञ्चार विधेयकको मस्यौदा तयार गर्छौँ”, उनले भने, “उक्त मस्यौदालाई सम्पन्न बनाउन पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा विज्ञता एवं जानकार राख्ने पत्रकारलाई बोलाएर छलफल गर्छौँ र आवश्यक राय सुझाव लिएर समेट्छौँ ।” विधेयक तयार गरी जतिसक्दो छिटो सदनमा लिने गतिका साथ सरकार अगाडि बढेको मन्त्री जिसीले बताए ।

आन्तरिक मामिला मन्त्रालयले यसअघि विधेयकका रूपमा सदनसम्म लिएको आमसञ्चार प्रतिष्ठान विधेयकलाई संशोधन गरी आमसञ्चार नीतिअन्तरगत नियमन, अध्ययन अनुसन्धान, प्रशिक्षण तथा प्रवर्द्धन हुने एकीकृत संरचना निर्माण गर्ने गरी विधेयक तयार गर्न थालिएको जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ३१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा