संखुवासभाकी सपना दर्जी ओमानमा बन्धक, उद्धारका लागि याचना | Khabarhub Khabarhub

संखुवासभाकी सपना दर्जी ओमानमा बन्धक, उद्धारका लागि याचना


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दोहा– खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी त्यहाँ पुर्‍याएकी संखुवासभाकी एक महिलालाई बन्धक बनाएको तथ्य खुलेको छ ।

गत जेठ ५ गते संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर–१ घर भएकी सपना दर्जी परियारलाई दलालले राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर ओमान पुर्‍याई बन्धक बनाएको भन्दै उद्धारको लागि याचना गरेकी छिन् ।

घरेलु कामका लागि त्यहाँ पुगेकी उनी बिरामी भएर काम गर्न नसक्ने भएपछि विगत ३ महिनादेखि बन्धक अवस्थामा रहेकी छिन् । उनले उद्धारका लागि अनुरोध गरेको भएपनि उनलाई ओमान पठाउने एजेन्ट मनमाया राईले बेवास्ता गरेको उनका श्रीमान टेक बहादुर परियारले बताए ।

दर्जीलाई घर मालिकले बन्धक बनाएर राखेपछि एजेन्ट राईलाई सम्पर्क गर्दा दुई लाख पचास हजार रुपैयाँ दिए उद्धार गरी नेपाल फर्काउन सकिने जवाफ दिएको श्रीमान परियारले बताए ।

आफूसँग यति धेरै पैसा बुझाउने क्षमता नभएको र एजेन्टले उद्धारमा कुनै चासो नदिएपछि गैरआवासी नेपाली संघ (एनआरएनए) ओमानलाई एक निवेदन लेख्दै उद्धारका लागि अनुरोध गरिएको उनले बताए ।

दर्जीलाई घर मालिकले बन्धक बनाएको जानकारी पाएपछि मास्कस्थित नेपाली दूतावासले उनको खोजी गरी उद्धार गर्ने प्रतिबद्धता जनाएको छ । उनलाई फोन सम्पर्क गरी खोजीकार्य गर्ने काम शुक्रबारबाटै थालिएको दूतावासकी तृतीय सचिव कविता खनालले बताइन् ।

यसैबीच, दर्जी बिरामी नभई काम गर्न नसकेर बसेकाले आवश्यक रकम जुटाएर चाँडै नेपाल झिकाउने एजेन्ट मनमाया राईले बताइन् । पीडित भनिएकी महिलाले भनेजस्तो नभइ काम गर्न नसकेर उनलाई ओमानमा रहेको एजेन्टले अफिसमा लागेर राखेको उनको भनाइ छ ।

सरकारले मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन रोक लगाए पनि झन्डै चार लाखको हाराहारीमा महिलाहरू त्यहाँ घरेलु कामदारका रूपमा रहेका छन् । नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू ओमान, कुवेत, साउदी अरब, यूएई, लेबनान, जोर्डन लगायतका देशहरूमा पुगेका छन् ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । 

नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन्। 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५७ बजे

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने केन्टकीको एउटा चर्चमा

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

चन्द्रपुर– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान

रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना

काठमाडौं- रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे नियुक्त भएका छन् ।