समाजवादी मोर्चाको बैठक बस्दै | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बैठक बस्दै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार साँझ ६ बजेका लागि बैठक बोलाइएको छ ।

गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ ।

साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो । यसअघि तय भएका बैठक विभिन्न कारणले सर्दै आएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १० : १५ बजे

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार