राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै | Khabarhub Khabarhub

राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो साढे १२ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताहरूसँग संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत साउन १० गतेदेखि संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएका छन् । 

प्रधानमन्त्री दाहालले हिजो आजदेखि संसदको अवरोध हट्ने बताएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ४२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ