राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै « Khabarhub

राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो साढे १२ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताहरूसँग संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत साउन १० गतेदेखि संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएका छन् । 

प्रधानमन्त्री दाहालले हिजो आजदेखि संसदको अवरोध हट्ने बताएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ४२ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको