राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै | Khabarhub Khabarhub

राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो साढे १२ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताहरूसँग संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत साउन १० गतेदेखि संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएका छन् । 

प्रधानमन्त्री दाहालले हिजो आजदेखि संसदको अवरोध हट्ने बताएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ४२ बजे

जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो

रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल

काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको

राजश्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र राजश्व

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्

काठमाडौं- पछिल्लो समय अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको