वनस्थलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु « Khabarhub

वनस्थलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छिन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : ०० बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६