जलविन्दुको नियमित परीक्षण गर्न सुझाव « Khabarhub

जलविन्दुको नियमित परीक्षण गर्न सुझाव


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

चितवन– आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरूको भनाइ थियो । 

यस रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ । जलविन्दुले लक्षण नै नदेखाइ विस्तारै छेउछेउबाट दृष्टि बिगार्दै जान्छ । अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन । भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलविन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलविन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए । 

उक्त अस्पतालका जलविन्दु विभाग प्रमुख डा रञ्जित साहले जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिए।

शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरका लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भने, ‘शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनःकाम नगर्न सक्छ । आधुनिक लेजर प्रविधि जलविन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ । उनले थपे, शल्यक्रिया वा लेजर गरेको छ भनेर ढुक्कसँग बस्नु हुँदैन, समयसमयमा परीक्षण गराइरहनु पर्दछ ।’

जलविन्दु लागिसकेपछि सबैभन्दा पहिलो उपचार औषधि भएको र यो रोग लागेपछि जीवनभर नियमित औषधि प्रयोग गर्नुपर्छ । अर्का डा सन्तोषकुमार साहले आँखामा उच्च रक्तचापका कारण जलविन्दु रोग हुने गरेको बताउँछन् । उनका अनुसार जलविन्दु चार प्रकारका (‘प्राइमरी ओपन–एङ्गल ग्लुकोमा’, ‘एङ्गल क्लोजर–ग्लुकोमा’, ‘नर्मल–टेन्सन ग्लुकोमा’ र ‘डेकेन्डरी ग्लुकोमा’) हुन्छन् ।

भर्खरै जन्मेको नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई जलबिन्दु लाग्ने भएकाले स्क्रिनिङ गरेर नै रोग पत्ता लगाउनुपर्नेमा डा साहले जोड दिए। आँखाको दृष्टि नसाको परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिने उनको भनाइ थियो ।

जलविन्दु वंशजका आधारमा पनि हुने हुने भएकाले परिवारमा कसैलाई यस्तो रोग लागेमा अन्य सदस्यले पनि परीक्षण गराइहाल्नुपर्नेमा उनले सुझाव थियो ।  मधुमेह, उच्च रक्तचाप, मुुटुको रोग र मोतियाविन्दु भएकालाई पनि जलविन्दु हुनसक्ने डा साहले बताए

डा सिर्जना पराजुली, डा प्राची दुलाल, डा मनिषा थापा, वरिष्ठ नेत्र सहायक विनिता सापकोटाले जलविन्दुको प्रारम्भिक पहिचान, लक्षण, रोकथाम र उपचार पद्धतिबारेमा जानकारी गराएका थिए । जलबिन्दु  भएपछि आँखाको छेउछेउबाट दृष्टि गुम्दै जान्छ, अन्तिममा आँखाको बीचमा क्षति पुर्‍याउने, हुँदा प्रत्येक छ-छ महिनामा आँखा परीक्षण गरेर रोग पहिचान गर्न सकिने उनीहरूको भनाइ थियो । जलविन्दुका बिरामीले मानसिक तनाव नलिन र नियमित चस्मा प्रयोग गर्न पनि त्यसबखत सुझाव दिइएको थियो । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ०५ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना