नेपाल भारतको अभिन्न अंग हो भन्ने बागेश्वर बाबाको अभिव्यक्तिबारे जानकारी छैन : मन्त्री श्रेष्ठ « Khabarhub

नेपाल भारतको अभिन्न अंग हो भन्ने बागेश्वर बाबाको अभिव्यक्तिबारे जानकारी छैन : मन्त्री श्रेष्ठ


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल भारतको अभिन्न अंग हो भनी भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर बाबा’ ले दिएको अभिव्यक्तिबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए । उनले शास्त्रीले सुरुमा झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्याएको भन्ने खबर आफूले पाएको उल्लेख गरे ।

उनले यसअघि आफूले धीरेन्द्रकृष्ण शास्त्रीको नाम कहिल्यै नसुनेको भएपनि स्वामी आनन्द अरुणको आग्रहपछि उनीसँग भेट गरेको बताए । यसअघि नेपाल भ्रमणमा रहेका शास्त्रीसँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएको थियो ।

आफू व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५१ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी