पुलचोक-गोन्द्राङ् खण्डको ७० प्रतिशत काम सम्पन्न  « Khabarhub

पुलचोक-गोन्द्राङ् खण्डको ७० प्रतिशत काम सम्पन्न 


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवनपूर्व-पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक-गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना बितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए। उनका अनुसार विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ ।

हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्सचोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उनको भनाइ थियो । 

‘एक्सप्रेस लेन ११-११ मिटरको हुने छ भने फिक्स रोड डिभाइडर चार मिटर, सर्भिसलेन पाँच-पाँच मिटरको रहने छ । फुटपाथ तीन मिटरको बनाइने छ’, साहले भने। उनले निर्माण तीव्र गतिमा भइरहेको भन्दै सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रू पाँच करोड मात्रै रकम  विनियोजन भएको जानकारी दिए।

छ किलोमिटरको उक्त सडक निर्माणका लागि रू एक अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर रू एक अर्ब २३ करोड पुगेको छ । सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

‘अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन’, उनले भने, ‘अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामकोसमेत तिर्न पुग्दैन ।’ 

भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त  सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको