जर्मनीद्वारा भारतसँग संयुक्त हवाई अभ्यासको प्रस्ताव | Khabarhub Khabarhub

जर्मनीद्वारा भारतसँग संयुक्त हवाई अभ्यासको प्रस्ताव


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जर्मन वायुसेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इन्गो गेरहर्जले भारतीय वायुसेनासँग संयुक्त सैन्य अभ्यास गर्न प्रस्ताव गरेका छन् । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै जर्मनीले भारतसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो ।

पछिल्लो समय जर्मनीले भारतसँग हवाईसँगै नौसैनिक अभ्यासमा पनि जोड दिइरहेको छ । जर्मन र भारतीय नौसेनाले यही वर्षको अन्त्यतिर संयुक्त सैन्य अभ्यास गर्ने तय भएको छ ।

हालै आफ्नो भारत भ्रमणका क्रममा जर्मन वायुसेना प्रमुख गेरहर्जले भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीसँगै अन्य वरिष्ठ भारतीय सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए ।

चीनको बढ्दो प्रभावका कारण जर्मनीले भारतसँगको रक्षा सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गरिरहेको बताइन्छ । गत जुन महिनामा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’