स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार « Khabarhub

स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मुख स्वास्थ्यसँग सम्बन्धित धेरै रोग बढिरहेका छन्। यसको प्रमुख कारणमा सही तरिकाले ब्रस नै नगर्नु हो। नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन्। दाँत सफा नगर्दा कस्ता समस्या देखिन्छन् ? मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

दाँत किराले खाने समस्यालाई हामीले कसरी बुझ्ने ?
मुख स्वास्थ्यमा दाँत किराले खानेदेखि लिएर धेरै कुरा पर्छन्। हामीले सही रूपमा मुखको स्वास्थ्य हेरचाह र नियन्त्रण गर्यो भने झन्डै ९० प्रतिशत रोग लाग्दैन। हरेक मान्छेहरू दाँतको समस्याबाट पीडित छन्। सानो बच्चादेखि लिएर बुढाबुढी ९० वर्षको बुढाबुढीलाई पनि यो समस्या छ। समस्या भएपछि समाधान र नियन्त्रण गर्नुपर्छ। मुख स्वास्थ्यलाई हामीले हेलचेक्र्याई पनि गरेको छौँ। यसले गर्दा समस्या बढ्दो क्रममा छ। यसरी शरीर स्वास्थ्यमा ठुलो असर गरिरहेको छ। मुख जन्मिनु भन्दा अगाडि आमाको पेटमा आमासँग नाभीबाट जोडिएको हुन्छ। सबै कुरा नाभिबाट पाउँछ। जन्मिसकेपछि सबै कुरा राम्रो खाने मुख हो। नराम्रो खाने पनि मुख र बोल्ने पनि मुख हो। मुख महत्त्वपूर्ण अंश हो।

त्यसकारण मुख स्वास्थ्यलाई हामीले सुरुदेखि नै केयर गर्न सुरु गर्नुपर्छ। हेरचाह गर्न सुरु गर्यौं। जन्मिँदै बच्चाले कहिलेकाहीँ एउटा दाँत लिएर जन्मिन्छ। जन्मेको एक महिनापछि अर्को दाँत आउँछ। जन्मिसकेपछि ६ महिनादेखि ३ वर्षसम्म उसका दाँतहरू आउँछन्। जसमा २० वटा दाँतहरू हुन्छन् र ६ वर्षदेखि ती दाँतहरू झर्दै जान्छन्। ती दाँतहरूलाई सुरुदेखि नै सावधानी पूर्वक हेरचाह गर्न सक्यौँ भने हामीले मुखको रोगबाट त जोगिन्छौँ नै शरीर पनि स्वस्थ हुन्छ।

दाँत सफा नगर्दा कस्ता समस्या देखिन्छन् ?
हामीले दाँत वा मुख सफा नगर्दा दाँतको साथै सिङ्गो शरीरमा नै त्यसले असर पुर्याउँछ। दाँत सफा नगर्दा सुरुको अवस्थामा दाँत कमजोर हुने, गिजाबाट रगत बग्ने, सुनिने जस्ता समस्या देखिन्छन्। तर यो समस्या बढ्दै जाँदा बढ्दै जाँदा मुख गन्हाउने, दाँत हल्लिने, दाँत भाँचिने, झर्ने, दुख्ने र घाउ हुने र दाँतमा धेरै सङ्क्रमण फैलिएर रगतको माध्यमबाट मुटु, टाउको लगायत शरीरका विभिन्न भागहरूमा ब्याक्टेरियाहरू पुग्छन् जसले हार्ट अट्याक हुने, टाउको दुख्ने, जोर्निहरू दुख्ने जस्ता गम्भीर समस्या पनि देखिन सक्छन्। त्यसैले मुखको स्वास्थ्यलाई विशेष ध्यान दिनु पर्छ।

मुख स्वास्थको कसरी ख्याल गर्ने ?
योग र व्यायाम गर्ने, खानपिनमा ध्यान दिने गर्नुपर्छ। सकेसम्म प्रकृतिक खाना खानुपर्छ। स्वस्थ खाना खाँदा मुख र शरीर दुबैलाई सफा गर्छ। मुखलाई फिल्टर गरीदिने हो भने शरीरले स्वस्थता प्राप्त गर्छ। बोलीमा नियन्त्रण गरियो भने साइकोलोजिकल समस्या आउँदैन। बोली मिठासपूर्ण होस्।

बोलीमा मात्र नियन्त्रण गर्ने हो भने झन्डै ९५ प्रतिशत समस्या त आफै नियन्त्रण भएर जान्छ। मुख स्वास्थ्यलाई नियन्त्रण हेरचाह गर्नुपर्छ। मुख भनेको हाम्रो शरीर को प्रमुख द्वार हो। त्यो द्वारमा त सबै राम्रो कुराहरू जाने पनि नराम्रो जाने पनि यही मुख गनाइदिने पनि यही रोगका कीटाणु जाने पनि भएकाले त्यो ठाउँलाई सफा गरौँ। बिहान बेलुका मुखलाई सफा गरौँ। चबाउने भाग गालाको भाग जिब्रोको भाग दुई दाँतको बीचको भाग गरेर सबै सफा गर्नुपर्छ।

दाँतमा किरा के कारणले लाग्छ?
किरा भन्ने नै हुँदैन। त्यहाँ ब्याक्टेरिया हुन्छन्। जसलाई हाम्रो आँखाले देख्दैन। मुखमा हाम्रो थुक हुन्छ। थुक अमृत हो त्यसमा यान्टिब्याक्टेरियल प्रोपर्टी हुन्छ। डाइजेब्टिक इन्जाइमहरू पनि हुन्छ। विभिन्न हेलिङ इन्जाइम पनि हुन्छन्। त्यही माध्यमबाट ब्याक्टेरियाले अडिने ठाउँ पाउँछन्। हामीले जति रिफाइन फुड खान्छौँ। त्यति रिफाइन फुड त्यो लेयरमा टाँसिन्छ। सकेसम्म हामीले चिनीजन्य खानेकुरा खानु हुँदैन। खाइहाले पनि ब्रस गरिहाल्नुपर्छ। र मुख स्वास्थ्य राख्नका लागि नियमित सामान्यतया तीनदेखि ६ महिनामा दन्त रोग विशेषज्ञलाई देखाउनुपर्छ।

दाँत र मुख स्वास्थ्यमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि सबै भन्दा पहिला सुरुमा ब्रस समयमा गर्ने, चिसो पेय पदार्थ धेरै नखाने, समयमा दाँतको चेकअप गर्ने गर्नुपर्छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : १० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका