प्रेस युनियनद्वारा परामर्श समिति गठन | Khabarhub Khabarhub

प्रेस युनियनद्वारा परामर्श समिति गठन


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य-मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको उनको भनाइ छ । 

समितिमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्वअध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्वअध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउनिसलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल रहेका छन् ।

साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्वअध्यक्ष मुरारी शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभाकर पराजुली, वरिष्ठ पत्रकार श्री आचार्य, कविर राणा पनि छन् । 

समितिमा प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, पूर्वउपाध्यक्ष गङ्गाधर पराजुली, रमेश पौडेल, पूर्वमहासचिव रमेश पौडेल, तरुण पौडेल, विन्दुकान्त घिमिरेलाई समावेश गरिएको छ । परामर्श समितिमा युनियनका अग्रज सुवास ढकाल, डा नवराज लम्साल, गेजा शर्मा वाग्ले, उमिद बाग्चन, कृष्ण केसी, कन्हैयालाल केसरी, हरि लम्साल, हर्ष सुब्बा, झपिन्द्र गैरे छन् । 

साथै सञ्जय सन्तोषी राई, नारायण कार्की, हरिविनोद अधिकारी, विश्वमणि पोखरेल, निर्मला आचार्य, भारती उपाध्याय, ओमप्रकाश शर्मा, चिरञ्जीवी अर्याल, खगेन्द्र खत्री, केदार कोइराला, केदार सुवेदी, शिवकुमार भट्टराई, केदार भट्टराई, प्रकाश रिमाल, सितल कोइराला, हेमन्त कर्माचार्य, डिआर पन्त, हिमांशु चौधरी, जगन्नाथ आचार्य, परशु घिमिरे, मुरलीप्रसाद यादव, मुकुन्द दाहाल, कृष्ण आचार्य, रिता गुरुङ, बालनरसिंह गुरुङ, कृष्णचन्द्र मिश्र, राकेश बस्याल, गोविन्द क्षेत्री, रामभरत शाह, राजन कुइँकेल पनि समितिमा रहेका छन् । 

समितिको आवश्यकता अनुसार बैठक राखेर युनियनको संस्थागत विकासका लागि आवश्यक परामर्श लिने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : ४७ बजे

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ