पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु « Khabarhub

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रकोपमा परी अन्य चार जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् ।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन्भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ । अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाछ चार सय पाँच जना विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ०१ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै