व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी « Khabarhub

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् । उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् ।

उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पालेका छन् भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन् ।

करिब रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म रु ७० लाख लगानी गरिसकेको र चार वर्षको अवधिमा ८२ लाख आम्दानी गरेको दाबी गरे । नेपाल बाख्रापालन महासङ्घ स्याङ्जाका अध्यक्षसमेत रहेका श्रेष्ठले गल्याङ नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित श्रीमती अनिता श्रेष्ठको नाममा फार्म दर्ता गरेर व्यवसाय दर्ता गरेको बताए ।

उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरुका लागि उदाहरण बन्न सकिन्छ कि भनेर बाख्रापालन गरेको बताए । “व्यावसाय सञ्चालनको सुरुमा खासै ज्ञान नभएर होला गाह्रो महसुस भएको थियो, सुरुआती अवस्थामा निमोनियाले ४४ वटा बाख्रा मरे,” उनले भने, “अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ, पालेका सबै बाख्रा पोषिला छन् ।”

श्रेष्ठले एक जना साथीसँगको सहकार्यमा २८ बाख्राबाट व्यवसाय सुरु गरेको बताए । “बीउ उत्पादन गर्ने सोचका साथ बेल्टारीबाट बोयर बोका र माउ ल्याएर बाख्रा पाल्न सुरु गरियो,” उनले भने, “माउ उत्पादनको काम फस्टाउन नसकेपछि मासु उत्पादनका लागि बाख्रा पाल्न सुरु गरियो । यहाँ उत्पादिन बाख्रा स्याङ्जाका स्थानीय बजारसहित पोखरा, काठमाडौँ लगायतका बजारहरुमा निर्यात हुने गरेका छन् ।

श्रेष्ठले गल्याङ बजारमा किराना पसलसमेत सञ्चालन गरेका छन् । उनले गल्याङ बजारमा सफल युवा व्यावसायिकका रुपमा पहिचान बनाएका छन् । श्रेष्ठ गल्याङ युवा क्लबको अध्यक्ष, गल्याङ चेम्बर अफ कमर्स र गल्याङ नेवा समाजको पूर्वअध्यक्ष भएर काम गरेका छन् । उनले बाख्रापालनसम्बन्धी दुईवटा तालिम लिएका छन् । उनले जिल्ला भेटेरिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत रु ९९ हजार पाँच सय, गल्याङ नगरपालिकाबाट एक वर्ष पहिले २५ हजार र चाँपकटर अनुदान पाएका छन् ।

श्रेष्ठले गल्याङ नगरपालिका र वडा कार्यालय नजिकको भएर पनि आफूलाई वास्ता नगरेको आरोप लगाए । “गल्याङ नगरपालिकाभित्र मैले जत्तिकै गुणस्तरीय बाख्रा उत्पादन गर्ने किसान कोही छैन होला,” उनले भने, “तर पनि गल्याङ नगरपालिकाका प्रमुख र वडाअध्यक्ष मेरो फार्म अवलोकन गर्न नआउँदा दुःख लागेको छ ।”

“कागज मिलाएर अनुदान खाने प्रचलनका कारण बाख्रा पाल्नेहरु २५ प्रतिशतले घटेका छन्, देश छोड्नेहरुको अवस्था कहालिलाग्दो छ,” श्रेष्ठले भने । श्रेष्ठले कृषकको फार्ममै पुगेर उत्पादनका आधारमा सरकारले अनुदान दिनुपर्ने भन्दै सहरमा घर हुनेलाई मात्र होइन गाउँका किसानलाई पनि सरल तरिकाले सस्तो ऋणको व्यवस्था गरिदिए मात्र बाख्रापालक कृषक टिक्न सक्ने उल्लेख गरे । उनले राज्यले सहयोग गरेमा सुलभ व्याजदरमा ऋणको व्यवस्था गरिदिएमा व्यवसाय विस्तार गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : २१ बजे

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका